Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बाजुराको त्रिवेणी नगरपालिकामा काँग्रेसका कर्णबहादुर थापा निर्वाचित

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका कर्णबहादुर थापा निर्वाचित भएका छन् । उनले चार हजार ७६१ मत पाएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मोतिसिंह बुढाले तीन हजार ५८६ मत पाए ।उपमेयरमा पनि काँग्रेसकै कमला कुमारी जैशी विजयी भएकी छन् ।

उनले चार हजार ७४१ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मनराजे बुढाले तीन हजार चार मत पाए ।

त्रिवेणीमा ०७४ स्थानीय तह चुनाव पनि काँग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077