Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टोखा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस निर्वाचित

काठमाडौं । टोखा नगरपालिकामा नेकपा एमालेले मेयर र नेपाली कांग्रेसले उपमेयरमा बिजय हासिल गरेको छ ।

मेयरमा एमालेका प्रकाश अधिकारी १० हजार ३४० मतसहित निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसका मुरारी तामाङ ६१४ मतान्तरले निर्वाचित भएका छन्।

कांग्रेसकी रजनी थापा १० हजार १६६ मत पाएर अधिकारीसँग पराजित भइन्। उनी १७४ मतान्तरले पराजित भएकी हुन्।

उपमेयरमा तामाङले १० हजार १३२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत प्राप्त गरिन्।

काठमाडौंको पालिका प्रमुखमा एमालेको यो पहिलो जित हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077