Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले महासचिव पोखरेलकाे आराेप - प्रहरी प्रशासनको आडमा भरतपुरमा पैसा बाँडियो

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा प्रहरी प्रशासनको आडमा भरतपुरमा पैसा बाडेकाे आराेप लगाएका छन् ।

मंगलवार पार्टीको पुरानो केन्द्रीय कार्यालय बल्खुमा आयोजित २९ औँ मदन–आश्रित स्मृति दिवसमा उनले स्थानीय निर्वाचन बिथोल्न सरकार नै गुण्डागर्दी गरेर लागि परेको आरोप लगाए ।

उनले सरकार पक्षले नै एमालेको प्रभाव भएको स्थानमा निर्वाचन बिथोल्न लागि परेको र मतदाताहरूलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएको बताए ।

महासचिव पोखरेलले भने,'प्रशासनले एकलौटी ढंगले बाकस लिएन जाने काम भयो । कतिपय ठाउँमा मत गणनापूर्व बाकसको सील तोडेको पाइयो । सहज लोकतान्त्रिक प्रतिष्पर्धा हुँदा नेकपा एमाले अहिले पनि नेपालको सबैभन्दा ठूलो पार्टी हो भन्ने कुरामा कुनै सन्देह छैन । चुनावबाट प्रमाणित भएको छ ।’

जनमतका हिसावले नेपालको पहिलो ठूलो पार्टी नेकपा एमाले नै भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077