काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साह(बालेन)ले अग्रता कायमै राखेका छन् ।
साहले आइतबार साढे १० बजेको मत परिणामअनुसार २२३८ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले १२१९ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली काँग्रेसकी मेयरकी उम्मेदवार सिर्जना श्रेष्ठले १०८१ मत पाएकी छन् । उनले लौरो चिह्न लिएर प्रतिस्पर्धा गरेका हुन् ।
हालसम्म ५ हजार ९८३ मत गणना भएको छ ।
Leave a Reply