Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजदेखि आइतबार पनि सरकारी बिदा

काठमाडौं । आजदेखि आइतबार पनि सरकारी बिदा हुने भएको छ । गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो।

निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन् ।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077