Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरवबहादुर साउँद विजयी

डोटी । डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुर साउँद निवार्चित भएका छन् । उनी दुई हजार ३४३ मत सहित निवार्चित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर घर्तिमगरले १ हजार ६८४ मत प्राप्त गरका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका भक्त बहादुर साउँदले १ हजार ४७१ मत प्राप्त गरे ।

पालिका उपाध्यक्षमा पनि कांग्रेसकै डम्मरी कुमारी विष्ट २ हजार ४०७ मतसहित निवार्चित भएकी छन् ।

निकटतम प्रतिस्पर्धी एमालेकी सपना सिराडीले २ हजार २७६ मत प्राप्त गरिन् । यस्तै माओवादी केन्द्रकी देवीसरा देवी घर्तिमगरले ८३२ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077