Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ विजयी

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।

योसँगै स्थानीय तह निर्वाचन २०७९मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।

मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । यस्तै मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077