Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

७३ वर्षको उमेरमा यूएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन

काठमाडौं । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ ।

उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ ।

वामले ट्वीट गर्दै भनेको छ–‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ ।

संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ । नाह्यान लामो समयदेखि बिरामी थिए ।

सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077