काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसपटक निर्वाचन मतदाता शिक्षा प्रभावकारी नभएको बताएका छन् ।
पार्टी र आयोग दुवैको तर्फबाट मतदाता शिक्षा प्रभावकारी नभएको र मौन अवधिमा मात्रै यसको महसुस भएको उनले बताए ।
मतदान गर्न काठमाडौं महानगरपालिका–३१ को मैतीदेवीको केन्द्र पुगेका उनले कांग्रेस सजिलोसँग पहिलो पार्टी हुने पनि दाबी गरे ।
महामन्त्री थापाले भने–‘लोकतन्त्र र संविधानको रक्षाको लागि भएको गठबन्धन र नेपाली कांग्रेसकै कार्यकर्ताहरूको सक्रियताको कारण पहिलो पाटी बन्नेमा शंका छैन ।’
Leave a Reply