Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सनामाथि कारवाहीको माग

काठमाडौं। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै पर्वतका राजनीतिक दलहरुले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सनामाथि कारवाहीको माग गरेका छन्।

अध्यक्ष तिमिल्सनाले मौन अवधिमा एमालेको आन्तरिक बैठक, प्रशिक्षण गर्ने, एमालेको विपक्षमा रहेका नेता कार्यकर्तालाई भौतिक र फोनबाट धम्क्याउने,सरकारी

सुविधाको दुरुपयोग गर्ने तथा मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीलाई बोलाएर एमालेको पक्षमा माहोल बनाउन आदेश दिने गरेर पदीय मर्यादाको समेत अपमान गरेको खुलेपछि उनीमाथि राजनीतिक दलहरुले कारवाहीको माग गरेका हुन् ।

नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन कार्यालय पर्वतमार्फत निर्वाचन आयोगसमक्ष विशेष अध्यक्ष तिमिल्सनामाथि कारवाही प्रक्रिया अघि बढाउन अपिल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077