Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमको खुद नाफा ५ अर्व ४३ करोड

काठमाडौं । नेपाल टेलिकमले चालु आवको तेस्रो त्रैमासमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ करोड ९१ लाख २५ हजारले कमी हो ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस वर्ष झन्डै ४५ करोड रुपैयाँले खुद नाफा घटेको हो । गत आवको तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) मा टेलिकमको खुद मुनाफा ५ अर्व ८८ करोड ४४ लाख ७२ हजार थियो ।

गत आवको तृतीय त्रैमासिक अवधिमा कम्पनीको कुल सञ्चालन आय २७ अर्व ४५ करोड १३ लाख ५३ हजार रहेकोमा चालु आवको सोही अवधिमा ७६ करोड ८२ लाख ५९ हजार अर्थात २.८ प्रतिशतले वृद्धि भई २८ अर्व २१ करोड ९६ लाख १२ हजार पुगेको छ ।

त्यस्तै, यस अवधिमा कुल आय ३१ अर्व ६७ करोड ३७ लाख ७४ हजार रहेकोमा चालु आवको सोही अवधिसम्ममा कुल आय ८६ करोड २९ लाख ५६ हजार अर्थात २।७२ प्रतिशतले वृद्धि भइ ३२ अर्व ५३ करोड ६७ लाख २९ हजार रहेको जनाएको छ ।

कोभिड–१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी हुँदा चालु आवमा खुद नाफा कमी आएको जनाएको छ ।

अन्तरआवद्वता शुल्क सम्बन्धी निर्देशिका अनुसार डोमेस्टिक अन्तरआवद्वता शुल्कमा कमी भएकोले कार्य सञ्चालन आयमा कमी भएको उसको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077