Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

झुन्डिएको अवस्थामा फेला परिन् १३ औं सागकी गोल्डमेडलिस्ट

ललितपुर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छन् ।

ललितपुरको महालक्ष्मीस्थानस्थित भाडामा बस्दै गरेको घरमा उनी मृत झुण्डिएको अवस्थामा फेला परेकी हुन्। २४ वर्षीया चौधरी एक्लै बस्दै आएकी थिइन्। घरबेटीले उनलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिए ।

सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको अवस्थामा भेटिएको र प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने एसपी शाहको भनाइ छ ।

प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाएको छ। शवलाई हाल पोस्टमार्टमका लागि पठाइएको छ। चौधरीले १३ औं सागमा ५९ केजी उमेरसमूहमा श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी थिइन्।

एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077