Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस कलह बढ्दै, देउवाप्रति कोइराला-निधि असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन निर्वाचनमा जाँदै गर्दा गठबन्धनको नेतृत्वदायी दल कांग्रेसमै कलह बढेको छ ।

संस्थापनइतर पक्षका नेता डा. शशांक कोइराला, निवर्तमान उपसभापति विमलेन्द्र निधिलगायत नेताहरू प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग सन्तुष्ट देखिएका छैनन् ।

निर्वाचन आउन चार दिन बाँकी छँदासम्म डा. कोइराला गठबन्धन दलका उम्मेदवारहरूलाई खुलेरै मत मागिरहेका छैनन् ।

कोइरालानिकट एक नेताका अनुसार संस्थापन (देउवा) पक्षले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्दा एक्लौटी गरेको छ । त्यसप्रति कोइरालाले असन्तुष्टि जनाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077