Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोखरा पुगेर देउवाले कांग्रेसीलाई चेतावनी दिदै भने-गठबन्धनविरुद्ध शंकाउपशंका नगर्नु, गर्‍यो भन्देखिन कारबाही हुन्छ

पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कांग्रेसको लागि अति आवश्यक भएको बताएका छन्।

कास्कीको पोखरामा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनको आवश्यक्ता प्रस्टाएका हुन्।

देउवाले गठबन्धन बनेपछि गण्डकीमा कांग्रेसले मुख्यमन्त्री पाएको बताए। ‘गठबन्धन बनेपछि पोखराको अवस्था के छ। पार्टीको अवस्था के छरु नेपाली कांग्रेसको मुख्यमन्त्री भएको छ,’ प्रधानमन्त्री देउवाले भने। केन्द्रमा पनि गठबन्धनकै कारण कांग्रेसले सरकार पाएको उल्लेख गर्दै उनले कांग्रेसका लागि फाइदाजनक भएको बताए।

‘कांग्रेसका लागि सम्पूर्ण रुपले गठबन्धन आवश्यकता छ। गठबन्धनले हामीलाई सरकारमा ल्याएको छ’ देउवाले भने।

देउवाले गठबन्धनबारे कांग्रेसका नेता कार्यकर्ताले अनावश्यक शंकाउपशंका गर्न नहुनेसमेत बताए। यतिमात्र हैन शंकाउपशंका गर्नेलाईसमेत कारबाही हुने देउवाले चेतावनी दिए।

‘पार्टीका सबै साथीहरुले गठबन्धनमा कुनै किसिमबाट शंकाउपशंका गर्न काम गर्नै हुँदैन,’ देउवाले भने, ‘गर्‍यो भन्देखिन मैले तपाईँलाई भनिहाले प्रमाणित भयो भने कारबाही हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077