काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले संसद विघटन गरेर अस्थिरता ल्याएकाले उसलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने बताएका छन् ।
नेता पौडेलले एमाले अध्यक्ष केपी ओली राजनीतिक स्थिरता खलबल्याउने निम्ति नायक भएको आरोप लगाए । उनले ओली र उनका अनुयायीलाई स्थानीय, प्रदेश र संघ गरेर तीनै तहका चुनावमा पराजित गर्नुपर्ने बताए ।
‘‘एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ’’, पौडेलले भने । ओलीकै कारण संसद, अदालत, संवैधानिक निकायमा अस्थिरता निम्तिएको उनको भनाइ छ।
ओलीले तत्कालीन राजा महेन्द्र र ज्ञानेन्द्रले जस्तै राष्ट्रवादको नाममा प्रतिगमन गरेर ठगेको पौडेलको आरोप छ।
Leave a Reply