Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाको चेतावनी-'गठबन्धनविरूद्ध बोल्ने नेता कार्यकर्तालाई पार्टीले कारबाही गर्छ'

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनविरुद्ध बोल्ने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

जनकपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनको निर्णयलाई अवज्ञा गर्ने र स्वतन्त्र उम्मेदवारी दिने कैयौंलाई कारबाही गरेका उनले गठबन्धनलाई अब पराजित हुने छुट नभएको बताएका हुन् ।

गठबन्धनमा कुनै पार्टीलाई कहाँ र कुनैलाई कहाँ चित्त नबुझ्ने हुनसक्ने देउवाको भनाइ छ । तर पार्टीले निर्णय गरिसकेपछि भने सबैले मान्नुपर्ने उनको भनाई छ ।

'पार्टीको अनुशासनमा बस्नुपर्छ। मेरो पार्टीमा पनि कारबाही गरेको छु, साधारण सदस्यबाट पनि हटाएको छु। त्यतिमात्रै होइन, गठबन्धनको विरोधमा बोल्नेलाई समेत कारबाही गर्नुपर्ने आउन सक्छ,' शनिबार सत्ता गठबन्धनको जनकपुरमा आयोजित सभामा देउवाले भने।

उनले गठबन्धनले नै आफूलाई प्रधानमन्त्री बनाएको भन्दै त्यसलाई टिकाउने कर्तव्य पनि आफ्नै भएको बताए। गठबन्धनलाई टिकाउनका लागि त्यसको विरोधमा उठ्ने स्वर सैह्य नहुने उनको भनाइ छ । यस्तै उनले चितवनमा केही समस्या देखिए पनि अहिले त्यो समाधान भइसकेको पनि दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077