Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुआमाले विवाह प्रकाशमानसँग गरिदिए सिर्जनाको के दोष ? : देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महिला उम्मेदवारलाई दुनियाँले राम्रो, नराम्रो भन्ने बताएका छन् ।

काठमाडौंमा शुक्रबार पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै महिला उम्मेदवारलाई हराउँदा सन्देश नराम्रो जाने बताए ।

‘बाबुआमाले विवाह प्रकाशमानसँग गरिदिए सिर्जनाको के दोष रु आमाबाबुले बिहे गरिदिए बिचरीले के गरुन्,’ देउवाले भने, ‘राजधानीको उम्मेदवार महिला हुनु ठूलो कुरा हो । महिलालाई हराए दुनियाँले के भन्छन् ?’

कार्यक्रममा देउवाले भरतपुरमा रेनु दाहालले राम्रो काम गरेको र आफूले नै उम्मेदवार बनाउन जोड दिएको बताए । ‘प्रचण्डजीको छोरी भएर जन्मनु अपराध होइन । कहाँ जन्मिने कुरा हातमा हुँदैन । प्रचण्डको छोरी हुनु गल्ती होइन, कति राम्रो काम गर्नु भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077