Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कहिले पनि मतदाताको शीर निहुरिन दिन्नँ : सिर्जना सिंह

काठमाडौँ । काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट मेयर उम्मेदवार सिर्जना सिंहले काठमाडौंको समस्या समाधानका लागि विज्ञहरूसँग परामर्श गरेर अघि बढ्ने बताएकी छन् ।

आफू प्रतिनिधि पात्र मात्रै भएकाले महानगरका समस्या समाधान गर्न विज्ञहरूसँग छलफल र परामर्श गर्ने उनले बताइन् ।

सिंहले आफूले जितेमा महानगरलाई सबैको अपनत्व हुने गरी चलाउने बताएकी छिन् ।

शुक्रबार गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामा महानगरलाई ‘महाघर’ जस्तो गरी चलाउने बताइन् । ‘कहिले पनि मतदाताको शीर निहुरिन दिन्नँ,’ उनको भनाइ छ, ‘माहनगरलाई महान घर बनाउने छु । म काठमाडौंलाई ‘महाघर’ जस्तो गरेर चलाउँछु ।’

उनले महानगरलाई सबै जातजातिको, सबैलाई सम्मान गर्ने र सबैको अपनत्व महसुस हुने महानगर बनाउने प्रतिवद्धता समेत जनाइन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077