Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेनुको बयान गर्दै देउवाले भने- यस्तो काम गर्ने मान्छे नभएर को हुन्छ त यहाँ ?

चितवन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाललाई चितवन कांग्रेसले सघाउनुपर्ने बताएका छन् ।

बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालको कार्यकालमा भरतपुरका हरेक गल्ली पिच भएको देउवाले बताए ।

'ठाउँठाउँमा पिच भएको छ, कालोपत्रे भएको छ। यहाँको भाउ बढिसक्यो, सबैलाई थाहा छ नि,'देउवाले भने, 'स्मार्ट सिटीको कुरा उठाउनु भएको छ, अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भन्नु भएको छ, यो सानो कुरा हो रु इन्टरनेसनल कन्फरेन्स हल बनाउने कुरा गर्नु भएको छ, यो सानो कुरा हो ?'

रेनु दाहालले देखेका सपना साना कुरा नभएको देउवाले बताए । 'अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्नु, अन्तर्राष्ट्रिय कन्फरेन्स हल बने संसारभरका मानिस यहाँ आउँछन् । उहाँले देखेका यी सपना यहीँकै लागि हो ।

'त्यही पनि रेनु भएन भन्नुहुन्छ, यस्तो काम गर्ने मान्छे नभएर को हुन्छ त यहाँ ? रेनुले आफ्नै कामले जितिसकेको पनि देउवाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077