Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनमा भारी वर्षाका कारण गठबन्धनले आयोजना गरेको आम सभास्थल जलमग्न

चितवन । बुधबार रातिदेखिको वर्षाका कारण चितवनको भरतपुर बसपार्कमा पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभा स्थल डुबेको छ । रातभर परेको पानीले मञ्च जलमग्न भएको छ ।

आमसभा स्थलमा सजाइएका झन्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् । सत्तारुढ पाँच दलले चितवनको भरतपुर महानगरपालिकामा आज संयुक्त चुनावी सभा गर्दैछन् ।

तर सभास्थल जलमग्न भएपछि अन्योल भएको छ । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।

भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार छन् । कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि रेनु दाहालको चुनावी यात्रा जटिल बनेको छ । दाहालको पक्षमा मत जुटाउन गठबन्धनका शीर्ष नेताहरु नै दौडधुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077