Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनमा प्रधानमन्त्री देउवा निजी गाडीमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनमा निजी गाडी प्रयोग गरेका छन्।

उनी बुधबार भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन्।

प्रधानमन्त्री देउवा चितवन आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो।

कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा३च २०४० नम्बरको ल्याण्डक्रुजर गाडीमा देउवा होटल पुगेका हुन्।

श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहेका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077