Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा चितवनमा, कांग्रेस र माओवादीका नेताले गरे स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगेका छन् ।

देउवाको स्वागतमा केन्द्रीय सदस्यहरु जिल्लाका कांग्रेस र माओवादीका नेताहरु विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको निजी गाडी चढेर उनी भरतपुर विमानस्थलबाट भरतपुर हाइटको होटल सिराइचुली पुगेका छन् ।

निर्वाचन आचारसंहिता अनुरुप उनले चितवनमा पार्टी सभापतिको रुपमा निजी गाडी प्रयोग गरेका हुन् । देउवासँगै वरिस्ठ नेता रामचन्द्र पौडेल चितवन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077