Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलमा बम राखेको हल्ला भए पनि केही भेटिएन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको हल्ला भए पनि केही भेटिएको छैन । बम राखिएको हल्लापछि केही समय बन्द भएको त्रिभुवन विमानस्थल सुचारू गर्ने तयारी भएको हो।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरू गर्ने तयारी गरिएको हो।

उनले यात्रुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइसकिएको र केहीबेरमा उडान सुचारू गरिने बताए।

बुधबार करिब साढे १० बजे विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थलको यात्रु प्रतिक्षालयमा बम रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077