Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कहाँबाट आयो त्रिभुवन विमानस्थलमा बम राखेको 'थ्रेट कल' ?

काठमाडौँ । त्रिभुवन विमानस्थलमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आएको छ ।

बुधबार बिहान त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर बस्ने कार्यालय टीडीओ कार्यालयमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आएकाे हाे ।

उक्त थ्रेट कलपछि एक घण्टाभन्दा बढी आन्तरिक उडानतर्फका सबै उडान बन्द गरिएको हाे ।

यस्तै बिहान विमानस्थलमा रहेका मानिसहरू तितरबितर भएका थिए ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विदेशबाट आएको फोनमा नेपालको विमानस्थलका ३ ठाउँमा बम भएको र एक घण्टापछि पड्किने भन्दै थ्रेट कल आएको थियो । त्यसलगत्तै विमानस्थलमा बम डिस्फोजल टोली खटाएर अनुसन्धान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077