Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा नेपालका केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण

सिरहा । सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ।

पश्चिबाबाट पूर्व आईरहेका उनीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेकाे हाे ।

आक्रमणबाट उनी सामान्य घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले उपचारपछि उनी गोलबजारतर्फ लागेको जानाए ।

अधिकारीलाई कसले किन आक्रमण गरेको भन्ने विषयमा अनुन्धान भइरहेको प्रहरीले बताएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077