Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा बिहानैदेखि वर्षा, यस्तो छ देशभरको मौसम पूर्वानुमान

काठमाडौं । नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन मौसमी प्रणालीका कारण देशभर केही दिनदेखि वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकासहित देशका केही स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ।

पहाडी भू–भागका केही र तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077