Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको पक्ष लिएसँगै अमेरिकी र पश्चिमेली मुलुकको चासोको केन्द्रबिन्दु बन्दै नेपाल

काठमाडौं । पछिल्लो समय नेपालमा अमेरिका र पश्चिमी मुलुकहरूको चासोको केन्द्रित हुन थालेको छ ।

विशेषगरी अमेरिकासँग सामरिक र रणनीतिक हिसाबले नजिक रहेका युरोपेली मुलुकका उच्च अधिकारी नेपाल भ्रमणमा आउन थालेका छन् । उनीहरूले द्विपक्षीय भेटघाटको कामलाई निरन्तरता दिँदै आएका छन् ।

रुस–युक्रेन द्वन्द्वमा नेपाल युक्रेनको पक्षमा उभिएसँगै अमेरिका र पश्चिमा मुलुकका अधिकारीको नेपाल भ्रमण बाक्लिएको हो । नेपालले आफ्नो असंलग्न विदेश नीति छाड्दै युक्रेनको पक्ष लिएको थियो ।

राष्ट्रसंघको महासभामा युक्रेनमाथि रुसको आक्रमणको आलोचना गर्दै ल्याएको प्रस्तावको पक्षमा उभिएको थियो । साथै दोस्रोपटक युक्रेनलगायत मुलुकले तयार पारेको मानवीय सहायतासम्बन्धी प्रस्तावमा नेपालले पक्षमा मतदान गरेसँगै युक्रेनको पक्ष लिएको थियो ।

त्यसपछि नेपालमा अमेरिकीनिकट रहेका पश्चिमी मुलुकहरूको सक्रियता र चासो बढेको पाइएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077