Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा

एजेन्सी । बेलायतले यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यूक्रेनको संसदलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन् ।

रुसले आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको यूक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो ।

यूक्रेनमाथि रुसले आक्रमण गर्दा बेलायतले सुरुमै आक्रमणको विरोध गर्दै यूक्रेनको पक्ष लिएको थियो ।

बेलायतले अहिले घोषणा गरेको सहयोग सैन्य सहयोग भएको बताइएको छ । यो सहयोगले रुससँग यूक्रेनलाई प्रतिवाद गर्न सजिलो हुने यूक्रेनका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077