Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धनका उम्मेदवार जिताउन सबै शक्ति लगाउने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले महानगर तथा उपमहानगरमा गठबन्धनका उम्मेदवार जिताउन पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय मिनभवनमा मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो ।

गठबन्धनबाहेक आफ्नो पार्टीका एकल उम्मेदवारलाई जिताउने तथा गठबन्धनबीच भएका सहमति कार्यन्वयन गर्न अन्तिम समयसम्म पहल गर्ने निर्णय समेत गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

बैठकले विभिन्न ५ वटा निर्णय गरेको महासचिव भुसालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीसँग गठबन्धन नभएका र हाम्रा एकल उम्मेदवार पनि नभएका स्थानमा दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077