Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीका उम्मेदवारबीच झडप, ६ जना घाइते

रुकुम पश्चिम । माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबीच झडप भएको छ ।
झडपमा परि ६ जना घाइते भएका छन् ।

त्रिवेणी गाउँपालिका–१, मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबीच झडप हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टिकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन् । घाइतेमध्ये धर्मेन्द्र, जीवन र टिकाजंगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । घाइते तीन जनालाई नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।

सुन्दरले माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए । उनी माओवादी केन्द्रका त्रिवेणी गाउँपालिका उपाध्यक्षसमेत थिए । बागी उम्मेदवारी दिएका कारण पार्टीले उनलाई ६ महिनाको लागि निलम्बन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077