Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जन्ती चढेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । गोरखामा जन्ती चढेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको सिरानचोक गाउँपालिका ५ आरुबोटेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा १४ च ७८१ नम्बरको जीप आज बेलुकी आरुबोटेको फिरफिरे भिरबाट तल खसेर दुर्घटना भएको प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताए ।

घटनास्थलमा केहीबेरअघि प्रहरी टोली पुगेको छ । मृतकको पहिचान र अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077