Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संविधान जोगाउन वर्तमान गठबन्धन भएको कांग्रेस नेता सिंहको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको दाबी गरेका छन् ।

कागेश्वरी–मनोहरा नगरपालिकाको चुनावी सभालाई सोमवार सम्बोधन गर्दै उनले झण्डै दुईतिहाइ मत प्राप्त गरेको कम्युनिस्ट सरकारले संविधान मिच्न थालेपछि संविधानको रक्षाका लागि गठबन्धन सरकार निर्माण भएको दाबी गरेका हुन् ।

‘कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने प्रमुख दायित्व कांग्रेसको हो, संविधानमा व्यवस्था गरिएका जनताको हक अधिकारलाई सुरक्षित गर्न वर्तमान गठबन्धन निर्माण भएको हो,’ उनले भने ।

पार्टीका पूर्व महामन्त्री सिंहले मुलुकको हरेक राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै कांग्रेसले नै देशको विकास गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077