Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलको प्रश्न -अब स्वतन्त्र परराष्ट्र नीति सकिएकै हो ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता अनुमोदनपछि नेपालमा अमेरिकी नेता र अधिकारीहरुको लर्को लाग्न थालेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै नेता रावलले अमेरिकी नेता र अधिकारीहरु लर्को लाग्नुमा एमसीसीको एउटा परिणाम भनेर टिप्पणी गरेका हुन् ।

साथै उनले प्रश्न गरेका छन्  ‘अब तिब्बत मामिला हेर्ने संयोजक उज्रा जिया पनि आउने रे भनेका छन् । अमेरिकीहरुको लर्कोलाई नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत त होइन ? अब स्वतन्त्र परराष्ट्र नीति सकिएकै हो ?

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077