Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल–भारत सीमा क्षेत्रमा हवाई फायर

विराटनगर । नेपाल–भारतको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।

विराटनगर १८ इस्लामपुर सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाई फायर गरेका हुन् ।

सोमबार २ बजे डियुटिमा खटिएका भारतीय एक एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाई फायर गरेको विराटनगर १८ का इस्लामपुरका स्थानीयले बताए ।

स्थानीयका अनुसार डियुटिमा खटिएका एसएसबीले मदिरा सेवन गरेका थिए ।हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन ।

मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077