Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्थानीय तह निर्वाचन : कांग्रेसका ३० हजार ६२८ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट ३० हजार ६२८ जनाले उम्मेदवारी दिएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

त्यसमा कांग्रेसका तर्फबाट देशरभका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका गरी २ सय ९३ जना नगरपालिकाका मेयरमध्ये २ सय ६५ जना उम्मेदवार रहेको कांग्रेसले जनाएको छ । यस्तै २ सय ९३ उपमेयर पदमध्ये एक सय ९४ जना उपमेयर उम्मेदवारी परेको छ ।

यस्तै ४६० गाउँपालिका अध्यक्ष पदमध्ये ३ सय ७२ मा कांग्रेसको उम्मेदवारी पर्दा ३ सय ४० गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी कायम रहेको छ । यसैगरी देशभरका ६ हजार ७ सय ४३ वडाध्यक्ष पदमध्ये ६ हजार ४३ मा, ६ हजार ७ सय ४३ कै संख्यामा हुने क्रमशः महिला वडा सदस्य पदमा ५ हजार ९ सय ३८, दलित महिला वडा सदस्यमा ५ हजार ६ सय ९१ जना उम्मेदवारी कायम भएको छ ।

गठबन्धनमा तालमेल मिलाउने क्रममा पार्टीका ६२३ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको पनि कांग्रेसले जनाएको हो । देशभरका ७५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदका लागि वैशाख ३० गते निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077