Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसले गठन गर्‍यो देशव्यापी कार्यक्रम समन्वय उपसमिति, संयोजकमा धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ को उपसभापति संयोजकमा धनराज गुरुङ चयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले शनिबार गुरुङलाई उपसमितिको संयोजक चयन गरेका हुन् ।

उपसमिति सदस्यहरूमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बास्तोला र सदस्यसचिवमा केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुली छन् ।

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको यही वैशाख २ गतेको निर्णयानुसार उपसमिति गठन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077