Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुनर्निर्माणको पर्खाइमा पुरानो संसद भवन

काठमाडौं । सिंहदरबारभित्रको पुरानो संघीय संसद् भवन जुन अहिले भग्नावशेषका रुपमा रहेको छ । जहाँ २४० बर्षदेखिएको शाही शासनको अन्त्य भएर देशमा गणतन्त्रको घोषणा भएको थियो अनी त्यहीँ भवनबाटै नेपालमा लोकतन्त्रको उदय भएको थियो ।

२०७२ सालको भुकम्प र त्यसपछि गएका पराकम्पका कारण क्षति पुगेको उक्त भवनको अहिलेसम्म पुनःनिर्माण भएको छैन । बर्षे झरी र चैत बैशाखको टन्टलापुर घामबाट बचाउनको लागि केही थान त्रिपालको प्रयोग गरी उक्त भवनलाई छोपिएको छ । इतिहास बोकको उक्त भवनलाई पुनःनिर्माण नगरी राख्नु पक्कै राम्रो कुरा होइन ।

संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार उक्त संघीय संसद् भवनलाई अहिलेसम्म के गर्ने भन्ने निर्णय नभएको बताए । उनले भनर् इतिहास बोकेको संघीय संसद् भवनलाई के गर्ने भन्ने अहिलेसम्म टुङ्गो छैन, यसलाई संसद् संग्रहालयको रुपमा राख्नुपर्ने कुरा पनि उठेको छ ।

तर, निर्णय भइसकेको छैन । हाल सरकारले पनि यो भवनलाई कसरी संरक्षण गर्न सकिन्छ भनेर सोच बनाएको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077