Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसभित्र चरम असन्तुष्टि : कतै नाराबाजी, कतै राजिनामा

काठमाडौं । नेपाली कांग्रेसभित्र स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा शीर्ष नेतादेखि स्थानीय तहका नेतासम्ममा तिक्तता छरपस्ट भएको छ।

पार्टीमा वर्षौंदेखि कार्यकर्तादेखि केन्द्रीय राजनीतिसम्म दाबी गर्ने शीर्ष नेतृत्वसम्मले सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै आएका छन्। कतिपयले राजीनामासमेत दिइसकेका छन्।

सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्लले राजीनामा घोषणा गरेका छन्। उनलाई कांग्रेसले पार्टीबाट निस्कासन गरेपछि मल्लले राजीनामा दिने भएका हुन्।

‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गणका हाकिम हटाएझैं पार्टीको विधिविधान कुल्चेर मलाई दोस्रोपटक कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ,’ बिहीबार डँडेलधुरामा पत्रकार सम्मेलन गर्दै मल्लले भने, ‘मलाई पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले दिँदैन। आजैदेखि म प्रदेशसभा सांसद पनि नरहेको घोषणा गर्दछु।’

डँडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवा र मल्ल पक्षबीच लामो समयदेखि विवाद थियो। अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077