Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यादी प्रहरी आफ्नै कोठामा मृत अवस्थामा फेला

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका ६ घर भएका एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सिमकोटमा बसेका ४४ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको हो ।

बुधबार मतदान केन्द्रमा सबैलाई खटाइएको थियो । उनी हिजो साथीको डेरामा बस्न गएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

ढोका बन्द गरेर सुतेका रोकायाको शव भुइँमा मृत अवस्थामा भेटिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077