Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • चितवनमा रातिदेखि लागेको आगो पाँच घन्टापछि नियन्त्रणमा, ६ वटा पसल जलेर नष्ट

    चितवनमा रातिदेखि लागेको आगो पाँच घन्टापछि नियन्त्रणमा, ६ वटा पसल जलेर नष्ट

    अनलाइन नेपाल
  • बिहिबार, १५ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । चितवनको नारायणगढस्थित कमलनगर चोकका केही पसलमा गए राति दुई बजेबाट लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार कमलनगरस्थित तुलसिराम सापकोटाको घरको पहिलो तल्लामा रहेका पसलहरुमा आगलागी भएको थियो। नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए ।



    आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् । आगोले विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको एक्प्रेस मोवाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोेनिक्स, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सीमा क्षति पुगेको छ।



    प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र नेपाली सेनाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार