काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा) बीच आज एकता हुने भएको छ ।
एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा आज नेकपा (एस) को केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकता घोषणा हुने भएको हो ।
एकीकृत समाजवादीले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने उद्देश्यले एनेकपासँग एकता गर्न लागिएको पार्टीका प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।
नेकपा एमालेबाट विद्रोह गरी स्थापित भएको एकीकृत समाजवादीले कम्युनिस्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ ।