Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • एकीकृत समाजवादी र एकीकृत नेकपाबीच एकता हुने

    एकीकृत समाजवादी र एकीकृत नेकपाबीच एकता हुने

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ ।

    एकीकृत समाजवादीले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टीनिकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको एकीकृत समाजवादीका प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।



    एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा यही १५ वैशाखमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकतासभा गरिने भएको छ ।



    नेकपा एमालेबाट विद्रोह गरी स्थापित भएको नेकपा (एस) ले कम्युनिष्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ भने स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई समाहित गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार