Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • अन्तत : एलन मस्कले ४४ बिलियन डलरमा खरीद गरे ट्वीटर

    अन्तत : एलन मस्कले ४४ बिलियन डलरमा खरीद गरे ट्वीटर

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 2K
    SHARES

    एजेन्सी । विश्वका धनाड्य एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरीद गरेका छन् । विश्वकै ठूलोमध्येको एक सामाजिक सञ्जाल कम्पनी ट्विटर मस्कले ४४ बिलियन अमेरिकी डलरमा खरिद गरेका हुन् ।

    मस्कले ट्विटरको सबै शेयर प्रति कित्ता ५४ दशमलव २० डलरका दरले किनेका हुन् । उनले केही दिनअघि ट्विटरको नौ प्रतिशत शेयर खरिद गरेका थिए ।



    खरिद–बिक्री सम्झौतापछि ट्विटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले ट्विटरको सबै सेयर होल्डर्सलाई नगदमा आकर्षक प्रिमियम प्राप्त हुने र जसबाट शेयरधनीलाई फाइदा हुने बताए ।



    ट्विटर खरिद गरेपछि नयाँ मालिक मस्कले ट्विटरमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार