Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डोल्पाका दुई गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादी निर्विरोध

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले डोल्पाका दुई पालिका अध्यक्षसहित एकजना उपाध्यक्ष निर्विरोध जितेको छ ।

वैशाख ३० गते तय भएको निर्वाचनमा मतदान नै नगरी ती पालिका अध्यक्ष र उपाध्यक्षमा अरु कसैको उम्मेदवारी नपरेपछि निर्विरोध भएका हुन् ।

मनोनयन प्रक्रिया अझै पनि चलिरहेकाले निर्वाचन आयोगले उनीहरु निर्वाचित भएको घोषणा गरेको छैन ।

मनोनयनपछि उम्मेदवारीमा दाबी विरोधसहितका प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरु निर्वाचित भएको कानुनी रुपमा टुंगो हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077