Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेसले टुंगो लगायो काठमाडौं र भक्तपुरका सबै नगरपालिकाका उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि काठमाडौं र भक्तपुरका सबै नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।

वाग्मती प्रदेश संसदीय समितिले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा उपेन्द्र कार्कीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिकाको मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ति नेपाललाई उम्मेदवार बनाएको छ ।

चन्द्रागिरी नगरपालिकाको मेयरमा घनश्याम गिरी र उपमेयरमा यमुनादेवी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै तारकेश्वर नगरपालिकाको मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा श्रृजना बुर्लाकोटी, दक्षिणकाली नगरपालिकाको मेयरमा मोहन बस्नेत र उपमेयरमा बसन्ती तामाङ, नागार्जुन नगरपालिकाको मेयरमा मोहनबहादुर बस्नेत र उपमेयरमा कल्याणी खड्का, बुढानिलकण्ठ नगरपालिकाको मेयरमा विनोद चालिसे र शंखरापुर नगरपालिकाको मेयरमा ओम कार्की र उपमेयरमा समिता श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको मेयरमा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाको मेयरमा निशान ढुंगेल, चाँगुनारायण नगरपालिकाको मेयरमा जीवन खत्री र भक्तपुर नगरपालिकाको मेयरमा राम कासुलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077