Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस महानगरको उम्मेदवार छान्ने जिम्मा देउवालाई

काठमाडौं । नेपाली कांग्रेसको महानगरमा टिकट वितरणमा विवाद भएपछि सभापति शेरबहादुर देउवा एक्लैले टिकट तोक्ने अधिकार लिएका छन् ।

आइतबार दिउँसो बसेको कार्यसम्पादन समितिको बैठकले देउवालाई संसदीय समितिको अधिकार दिएको हो ।

अब महानगरको उमेदवार देउवाले आवश्यक परामर्श गरेर एक्लै टुंग्याउने कांग्रेस नेताहरूले बताएका छन् ।

महानगरपालिकामा टिकट वितरण गर्ने सन्दर्भमा सभापति देउवा र महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाबीच विवाद बढेका थियो ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति देउवाले विधि मिचेर टिकट वितरण गर्न खोजेको आरोप लगाए ।

उम्मेदवार छनोट गर्न सानेमा बसेको बैठकमा विरोध जनाउँदै नेता केसीले आपत्ति जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077