Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाबाट टिकट नपाएपछि गणेशमानका मेयर लोसपा प्रवेश

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)बाट फेरि मेयरको टिकट नपाएपछि धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादव लोसपामा प्रवेश गरेका छन् ।

आइतबार दिउँसो उनी लोसपामा प्रवेश गरेका हुन् ।उनलाई लोेसपाका प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया र मधेश प्रदेश लोसपा संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले माला र टिका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

यादव २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरममा निर्वाचित भएका थिए ।

आइतबार बिहान जनकपुरको राजदरबार होटेलमा जसपाको टिकट वितरणको लागि कुटाकुट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077