Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उम्मेदवार छान्न कांग्रेसभित्र सकस, कार्यसम्पादन समिति बैठक फेरि सर्‍यो

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार चयनका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ ।

शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीका शीर्ष नेताहरूबीच बालुवाटारमा अनौपचारिक छलफल चलिरहेको हुँदा बैठक सारिएको हो । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज ११ बजेका लागि सारिएको थियो ।

सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीबीच मेयर उपमेयरबारे बालुवाटारमा सहमति गरेर सानेपा जान चाहेपछि बैठक सरेको सानेपा स्रोतले बतायो ।

सहमतिको खोजीमा शुक्रबार रातिसम्म बालुवाटारमा छलफल भएपनि सहमति हुन नसकेपछि अहिले पनि छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077