Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयरमा उम्मेदवारी दिन मधेस प्रदेशका कानुनमन्त्रीले यादवले दिए राजीनामा

काठमाडौं । सिराहा नगरपालिकाको मेयरमा चुनाव लड्न मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादवले राजीनामा दिएका छन् ।

वैशाख ३० को स्थानीय तहको चुनावमा उमेदवारी दिन शुक्रबार साँझ उनले पदबाट राजीनामा दिएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बनेका यादवले सिराहा नगरपालिकाको मेयरमा चुनाव लड्न राजीनामा दिएको बताएका छन् ।

उनी प्रदेश सभाको चुनावमा सिराहा निर्वाचन क्षेत्र नम्बर ३ को ख बाट निर्वाचित भएका थिए । यसअघि रौतहटका एक सांसदले पनि राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077