Online Nepal
  • बिहिबार, ४ पुष २०८१
  • उपत्यकाका सबै प्रहरी कार्यालयहरूको नाम परिवर्तन

    उपत्यकाका सबै प्रहरी कार्यालयहरूको नाम परिवर्तन

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 5.2K
    SHARES

    काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्र रहेका सबै प्रहरी कार्यालयहरूको नाम परिवर्तन गरेको छ ।

    शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन–२०७६ लाई अध्यादेशमार्फत संशोधन गरेसँगै उपत्यकाका प्रहरी कार्यालयहरुको नाम परिवर्तन भएको हो । उक्त ऐनलाई २०७८ मंसिर १५ मा दोस्रोपटक र २०७८ चैत २२ मा तेस्रोपटक संशोधन गरिएको छ ।



    २०७८ वैशाख २१ मा सरकारले पहिलोपटक सो ऐन संशोधन गरेर उपत्यकाका प्रहरी युनिटहरुलाई केन्द्र मातहत ल्याउने निर्णय गरेको थियो । वर्तमान सरकारको सिफारिसमा चैत २२ मा राष्ट्रपतिले प्रमाणित गरेर सो अध्यादेशलाई निरन्तरता दिएपछि नाम परिवर्तन भएका हुन् ।



    काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको कमाण्ड गर्ने तत्कालीन महानगरीय प्रहरी कार्यालयलाई अध्यादेशमार्फत केन्द्रित प्रहरीको मातहतमा ल्याएसँगै उपत्यकाका तीनै जिल्लाका प्रहरी युनिटहरूको नाम परिवर्तन गरिएको हो ।

    योसँगै अब तत्कालीन महानगरीय प्रहरी कार्यालयको नाम काठमाडौं उपत्यका प्रहरी कार्यालय भएको छ । त्यसैगरी महानगरीय अपराध महाशाखाको नाम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नामकरण गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको नाम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राखिएको छ ।

    त्यस्तै काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रहरी कार्यालयहरुलाई जिल्ला प्रहरी परिसर नामाकरण गरिएको छ । यसअघिका महानगरीय प्रहरी वृत्तहरुको नामको अगाडिको महानगरीय हटाइएको छ । नयाँ अध्यादेश अनुसार प्रहरी वृत र त्यसपछि वृत अवस्थित ठाउँको नाम राखिएको छ । महानगरीय प्रहरी प्रभागहरुको नाम परिवर्तन गरेर प्रहरी प्रभाग मात्रै राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार